युएसएआइडी ट्रेडसँग एनएमबीको सहकार्य

Read Time = 2 mins

काठमाडौं । एनएमबी बैंकको लगानीलाई सहज बनाउन युएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभनेससँग समझदारी भएको छ । एनएमबी बैंकले ग्रिन फाइनान्सिङ, जलवायु फाइनान्सिङ र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन युएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभनेससँगको सहकार्यपत्रमा हस्ताक्षर गरेको हो ।

सहकार्यअन्तर्गत बैंकले दिगोरूपमा लघु, साना र मझौला व्यवसायका लागि वित्तीय पहुँच बढाउनेछ । साथै सहकार्यले प्रमुख केन्द्रमा रहेको कृषि, पर्यटन र डिजिटल सेवासँग सम्बन्धित आर्थिक अवसरमा सहभागी हुन महिला, युवा र सीमान्तकृत समुदायलाई ऐक्यबद्घ हुन प्रवद्र्धन गर्नेछ ।

ADVERTISEMENT

बैंकका अनुसार युएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभनेस पाँच वर्षको १८.९ मिलियन अमेरिकी डलरको सहयोग हो, जसले नेपाललाई उच्च गुणस्तर र उच्च मूल्यको निर्यातमा विविधता ल्याउन, आर्थिकरूपले पिछडिएकाका लागि दिगो रोजगारी वृद्धि र आय सिर्जनाका अवसर बढाउन विश्वव्यापी पुँजीकरण एकीकृत गर्न सक्षम बनाउने र स्थिरतामा सघाउ पुर्‍याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?