सानिमा इन्स्योरेन्सको सिइओमा उपाध्याय

Read Time = 1 min

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुद्युम्नप्रसाद उपाध्याय नियुक्त हुनुभएको छ । कात्तिक ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उपाध्यायलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ADVERTISEMENT

सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सी नेपाल गाभिएपछि सानिमा जिआइसी इन्स्योरेन्सबाट कात्तिक ७ गतेदेखि एकीकृत कारोबार सुरु भएको हो । कम्पनीका अनुसार विगत दुई दशकदेखि बिमा क्षेत्रमा कार्यरत उपाध्यायले २०७७ जेठदेखि सानिमा जनरल इन्स्योरेन्समा सिइओको कार्यभार सम्हाल्दै आउनुभएको थियो । सानिमाअघि उहाँ प्रिमियर इन्स्योरेन्स कम्पनीमा हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?