आयोजना अलपत्र पार्ने ठेकेदारलाई ३५ दिने अल्टिमेटम

Read Time = 4 mins

चिसाङ शेर्पा/हिटा
खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगरभित्र सञ्चालित अधुरा योजनाको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन निर्माण कम्पनीलाई अल्टिमेटम दिएको छ । गौरवका योजना तथा नगरपालिकाकै योजना निर्माण कम्पनीको चरम लापरबाहीले अलपत्र परेपछि मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन ३५ दिने अल्टिमेटम दिएको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाभित्र १७ योजना अधुरा र अलपत्र रहेको विवरण नगरप्रमुख तीर्थराज भट्टराईले सार्वजनिक गर्नुभयो । विवरणअनुसार हुर्लुङ-जालपा सडक ग्राभेल, महुरे-फोक्सिङटार सडकअन्तर्गत नुनथलाको महुरेदेखि राजापानीको सिमपानी सडक कालोपत्रे, अस्पतालचोक-लफ्याङ सडक स्तरोन्नति, साप्सुखोला दुवे ग्राभेल सडक र छेपेखोला पक्की पुलको काम अलपत्र छ । दोर्पाको पंखुखोला पुल, दिक्तेल-खानीडाँडा-रेग्मीटार सडक ढलान÷कालेपत्रे, भुते जिरो आयुर्वेद सडक स्तरोन्नति, अल्छेढुंगा-नेर्पा-दोर्पा सडक स्तरोन्नति, हाटडाँडा काफ्लेगाउँ घुम्तीवर सडक स्तरोन्नति, भालुखोला मेवाखेला पुल, दिक्तेलबजार ढलानको काम पनि अलपत्र छ । जिल्ला अस्पताल नयाँ भवन निर्माण, महुरेगढी बहुप्राविधिक शिक्षालयको दुईतले प्राविधिक भवन, तीनतले प्राविधिक भवन, विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रको भवन पनि अधुरो छ ।

ADVERTISEMENT

नगरपालिकाले सञ्चालन गर्ने माटिकोरे खेलमैदान निर्माणको काम नै सुरु भएको छैन । गत वैशाख २९ गतेदेखि सुरु भई १८ महिनामा खेलमैदान निर्माण सक्नुपर्ने थियो । अलपत्र योजनाका काम ३५ दिनभित्र पुनः सुचारु नभई तोकिएको समयसीमाभित्र काम सम्पन्न नहुने स्थिति सिर्जना भएमा नगरपालिकाबाट सम्बन्धित नियामक निकायमा निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नेलगायतका कानुन बमोजिमको कारबाही हुने मेयर भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राज्यले करोडांैको बोलपत्र आहृवान गरी काम गर्ने जिम्मा दिइसकेपछि आलटाल, ढिलासुस्ती गर्ने र सम्पर्कमा नआई राज्यलाई ठगी गर्ने निर्माण व्यवसायीका कारण नगरपालिकालाई गैरजिम्मेवार निर्माण व्यवसायीबाट पीडित नगरपालिका घोषणा गर्न चाहन्छांै । नियमनकारी सरकारी कार्यालयमा ज्ञापनपत्र बुझाउने, धर्ना दिने, घेराउ गर्ने, अनसन बस्ने, तालाबन्दी गर्ने काम नगरको अगुवाइमा गर्न बाध्य नपारियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?