मंसिर ४ को निर्वाचन अधिनायकवादलाई रोकेर देशलाई अग्रमगनलाई लैजाने अभियान : नेता पौडेल

Read Time = 2 mins

तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ४ मंसिरमा हुन लागेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको बताउनु भएको छ । तनहुँको दमौलीमा मनोनयन दर्ता गराउन अगाडि आयोजित सभालाई सम्बोधन गर्दै नेता पौडेलले आगामी निर्वाचन प्रतिगामी अधिनायकवादलार्इ रोकेर देशलाई अग्रमगनलाई लैजाने अभियान भएको बताउनु भयो ।

उहाँल भन्नुभयो, ‘यो निर्वाचन सामान्य निर्वाचन होइन । प्रतिगामी अधिनायकवादलाइ रोकेर देशलाई अग्रमगनलाई लैजाने कि देशलाई फेरि प्रतिगामी र अधिनायवादी बाटोमा होम्ने भन्ने जनमत संग्रह पनि हो ।’

पौडेलले आफुहरु संविधान जोगाउने, जनतामा आशा जगाउने अभियानमा लगेको बताउदै भ्रष्टचार विकृत विसंगतिलाई हटाएर आम नागरिकमा आशा संचार दिन आफूहरुले चाहेको बताउनु भयो।

ADVERTISEMENT

पौडेलले मुलुकमा यति ठूलो परिवर्तन र यति धेरै अधिकार प्राप्त संविधान पाउँदा पनि नेपाली किन सन्तुष्ट हुन सकिरहेका छैनन् भन्ने उत्तरको खोजीमा आफू रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनता सन्तुष्ट हुन नसक्नुको एउटै कारण भनेको भ्रष्टचार विकृति हो । म त्यो भ्रष्टाचारको उन्मुलन गरेर जनतामा आशा जगाउने छु । म यही प्रण गरेको छु ।’

पौडेलले गाँउमा सबैै विकासका पूर्वाधार बनाउँदा पनि गाउँमा नै बस्ने वातावरण अझै बन्न नसकेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?