✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल आश्विन १९ गते बुधबार, ई.सं.– ५ अक्टोबर, २०२२ । तिथि– आश्विन शुक्लपक्ष दशमी, ११:११ बजे उप्रान्त एकादशी, नक्षत्र – श्रवण, योग– सुकर्मा, करण– गर, चन्द्रराशि– मकर, सूर्योदयः ५:५९, सूर्यास्तः १७:४४ ।
मेष : बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
वृष : योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउलान् ।
मिथुन : हतारको निर्णयले काम बिग्रनेछ ।
कर्कट : अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।
सिंह : मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।
कन्या : सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ ।
तुला : ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ ।
वृश्चिक : बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।
धनु : तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला ।
मकर : बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।
कुम्भ : अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।
मीन : सुखद् समाचारले उत्साह जगाउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच