चिरायुको शुभकामना आदान-प्रदान कार्यक्रम

Read Time = 1 min

काठमाडौं । विशेष अवसरहरूमा विभिन्न अतिरिक्त गतिविधि सञ्चालन गर्दै आएको काठमाडौंको वसुन्धरास्थित चिरायु नेशनल हस्पिटलले नेपालीहरूको महान् चाड दशैँ, तिहार, छठको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका कलाकारले प्रस्तुति दिएका थिए ।

ADVERTISEMENT

सधैं बिरामीको सेवामा खटिरहने अस्पतालका डाक्टर, नर्सलगायत कर्मचारी केही छिन भए पनि सांगीतिक माहोलमा मिसिएर आनन्द महसुस गरेका थिए । उक्त अस्पतालले प्रतिष्ठानसँग सहकार्य पनि गर्दै आएको छ । कार्यक्रममा अस्पतालका अध्यक्ष हेमबहादुर गुरुङ, निर्देशक सञ्जीव राजभण्डारी, बिजनेस डेभलपमेन्ट म्यानेजर हिमालबहादुर राणा, लोकनाथ रेग्मीलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?