एनआरएनएको १४ बुँदे घोषणापत्र, नेपाली नागरिकता कार्यान्वयन गर्न माग

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं । रूपान्तरणका लागि कार्यगत साझेदारी भन्ने नाराका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्टकहोम युरोप क्षेत्रीय बैठकले विभिन्न १४ बुँदे घोषणापत्र जारी गरेको छ । एनआरएनएको १४औं क्षेत्रीय बैठक स्वीडेनको राजधानी स्टकहोममा शनिबारदेखि सुरु भएको छ । दुईदिने बैठक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र एनआरएनए अध्यक्ष कुल आचार्यले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो ।

२० भन्दा बढी देशका करिब दुई सयजना प्रतिनिधि सहभागी बैंठकले नयाँ संविधानले एनआरएनएका लागि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरे पनि संविधान जारी भएको झण्डै सात वर्षपछि संसद्का दुवै सदनबाट पारित भएर राष्ट्रपतिसमक्ष पुगेको विधेयक अघि बढ्न नसकेको भन्दै नागरिकता कार्यान्वयनमा ल्याउन माग गरेको छ ।

झण्डै सात वर्षपछि संसद्का दुवै सदनबाट पारित भएर राष्ट्रपतिसमक्ष पुगेको विधेयक अघि बढ्न नसकेको भन्दै नागरिकता कार्यान्वयनमा ल्याउन माग गरेको छ ।

त्यसैगरी विदेशमा रहेका नेपालीको पैतृक सम्पत्ति तथा मताधिकारक अधिकार सुनिश्चित गर्दै आवश्यक कानुनी व्यवस्था गर्न, विदेश बसोबास गर्ने नेपाली नागरिकले नेपालको निर्वाचनमा भाग लिन पाउने, मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न सम्मानित सर्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरिसकेको सन्दर्भमा तत्काल प्रक्रिया मिलाई मताधिकार सुनिश्चित गर्न पनि माग गरेको छ ।

ग्रोइङ स्टोङगर टुगेदर विथ युथ्स एण्ड सेकेण्ड जेनेरसन भन्ने नाराका साथ सम्पन्न युवा सम्मेलन विशेषगरी युवालाई उद्यमशील बनाउन जोड दिनुपर्ने र गैरआवासीय नेपाली संघसँग युवा तथा दोस्रो पुस्तालाई अझ प्रभावकारी ढंगबाट जोड्न खेलकुद, भाषा तथा संस्कृतिलाई महत्वसाथ प्राथमिकतामा राखी छु्ट्टै बजेट व्यवस्था गरिनुपर्ने ठहर गरेको छ । साथै बृहत् ग्लोबल युथ कन्सरेन्स आयोजना गर्ने निर्णय गर्दै राष्ट्रिय युवा परिषद र एनआरएनएबीच नेपालमा युवा परिचालन तथा क्षमता अभिवृद्धिमा साझेदारी गर्ने गरी १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

ADVERTISEMENT

आगामी अक्टोबर ११ देखि १३ सम्म हुने एनआरएनए स्थापना दिवस, विधानसभा तथा साधारणसभामा सक्रिय सहभागिता जनाउन युरोपस्थित सबै राष्ट्रिय समितिलाई बैठकले आहृवानसमेत गरेको छ ।

एनआरएनएले उद्यमशीलता विकास गर्न विद्यालयस्तरबाटै ‘पढ्दै कमाउंँदै’ जस्ता मौलिक कार्यक्रम सञ्चालनमा ल्याउने, युवा तथा महिला उद्यमशीलता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरम र युवा सक्रियतामा सुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र एनआरएनएका हरेक अभियानका हरेक क्षेत्रमा महिला तथा युवाको सहभागिता सुनिश्चित गराउन बैठकले प्रतिबद्धता व्यक्त गरेको छ ।

त्यस्तै, एनआरएनए नेपाल डेभलपमेन्ट फण्डलाई १० अर्बबाट ५० अर्ब बनाउने लक्ष्यसाथ समृद्ध नेपाल निर्माणमा थप टेवा पुर्‍याउन पनि बैठकले आहृवान गरेको छ । नेपालका हवाई कम्पनीलाई युरोपेली संघ (इयू) को कालोसूचीबाट हटाउन पहल गरी नेपालबाट हुने उडानलाई आफ्नो सेवा युरोपसम्म विस्तार गर्ने वातावरण बनाउन र युरोपबाट नेपालसँग सिधा हवाई उडान जोड्न नेपाल सरकारलाई आग्रह गरेको छ भने पोर्चुगल, रोमानिया, क्रोएसिया, माल्टा, चेक रिपब्लिकलगायतमा नेपाली राजदूतावास स्थापना गर्न भनेको छ ।

नेपाल सरकारले युरोपेली मुलुकसँग श्रम सम्झौतामार्फत् नेपाली श्रम बजार विस्तारका लागि युकेसँग गरेको श्रम-सम्झौताको स्वागत गर्दै पोर्चुगललगायतका देशमा उक्त कार्य अघि बढेकोमा खुसी व्यक्त गर्दै थप श्रम गन्तव्यलाई नीतिगतरूपमा अघि बढाउन आग्रह गरेको छ । साथै विभिन्न कारणले युरोपमा आएर अलपत्र परेका नेपालीको सहयोगका लागि एनआरएनएतर्फबाट एनआरएनए युरोप राहत कोषको स्थापना गर्ने र सो कोष निर्माणका लागि आगामी दुई महिनाभित्र छुट्टै नियमावलीको निर्माण गर्ने पनि एनआरएनएले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?