हत्या भएको साढे २ महिनापछि जापानका पूर्वप्रधानमन्त्री आबेको आज अन्त्येष्टि गरिँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता

टोकियो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या भएको साढे २ महिनापछि आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।

वौद्ध परम्परा अनुसार गरिने अन्त्येष्टिमा विश्वका २० देशका राष्ट्राध्यक्ष र १ सय बढी देशका प्रतिनिधिहरू सहभागी हुने भएका हुन् ।

ADVERTISEMENT

अन्त्येष्टिमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जापान पुग्नुभएको छ । अन्त्येष्टि कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिने भएको छ । जापानका हजारौं सर्वसाधारण अन्त्येष्टिमा सहभागी हुन पाउने ब्यवस्था मिलाइएको छ ।

गत जुलाई ८ तारिखमा जापानको पश्चिमी शहर नारामा चुनावी सभाका क्रममा एक ब्यक्तिले आबेमाथि गोली प्रहार गरी हत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?