केएल टावरको दुबई भ्रमण अफर

Read Time = 2 mins

काठमाडौं । केएल टावरले दशैं तिहारका लागि उपहारै उपहारसहितको ‘रमाइलो दशैं तिहार’ उपहार योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार पाउनेछन् ।

दैनिक उपहार योजनाअन्तर्गत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, सफारी ब्याग, डिएचआई भ्याकुम क्लिनर, मिक्चर, राइस कुकरलगायत एक हजार रुपैयाँ बराबरको सपिङ भौचर साथै आकर्षक उपहार रहेका छन् ।

ADVERTISEMENT

साप्ताहिकरूपमा डिएचआई ब्राण्डको वासिङ मेसिन, डिएचआई ४३ इन्च टिभी, एक सय ७० लिटरको रेफ्रिजेरेटर, डिलक्स राइस कुकर, वाटर डिस्पेन्सर, सफारी लगेज, टाइमेक्स घडी तथा सर्टिङ सुटिङलगायतका घरायसी सामग्री उपलब्ध हुनेछन् भने एकजनालाई चार रात पाँच दिनको दुबई भ्रमणको प्याकेज उपलब्ध गराइने मेला संयोजक हिरामणि तिमिल्सिनाले जानकारी दिनुभयो ।

बम्पर उपहारमा यामाहाको एफजेडएस एफआई मोटरसाइकल रहेको छ । उपहार योजनामा सहभागी हुन कम्तीमा एक हजार रुपैयाँबराबरको सामान खरिद गर्नुपर्ने हुन्छ । योजना कात्तिक ३० गतेसम्म लागू हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?