हस्तकला महासंघद्वारा वृक्षारोपण

Read Time = 3 mins

काठमाडौं । नेपाल हस्तकला महासंघ ५०औं वर्षमा प्रवेश गरेको स्वर्ण वर्षको अवसरमा शनिबार भक्तपुरको मध्यपुरठिमी नगरपालिकास्थित सिद्धिकाली क्षेत्र कुटुः डाँडा सञ्जीवनी पार्कमा वृक्षारोपण गरेको छ । महासंघका अध्यक्ष प्रचण्ड शाक्यको सभापतित्वमा बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठको उपस्थितिमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी जोन्छे अमात्य, पूर्वसभासद माधव पौडेल, मध्यपुरठिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, निवर्तमान उपप्रमख अञ्जनादेवी मधिकर्मीको उपस्थिति रहेको थियो ।

वृक्षारोपणमा मध्यपुरठिमी नगरपालिका-६ का वडाध्यक्ष ज्ञानदास प्रजापती, महासंघका पूर्वअध्यक्षहरू, महासंघका पदाधिकारी, कार्यसमिति सदस्य, सिद्धिकाली क्षेत्र संरक्षण विकास समितिका पदाधिकारी र स्थानीयवासीको सहभागिता थियो । सो अवसरमा महासंघका अध्यक्ष शाक्यले महासंघले स्वर्ण वर्षको अवसरमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम, सामाजिक उत्तरदायित्वमुखी कार्यक्रमका साथै हस्तकला क्षेत्रको नीतिगत पैरवी तथा व्यवसायमैत्री नीति नियम तर्जुमाका लागि पहल गर्दै आएको बताउनुभयो ।

ADVERTISEMENT

बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री श्रेष्ठ र राज्यमन्त्री जोन्छे अमात्यले ऐतिहासिक नगरी ठिमीमा रहेका स्थानीय हस्तकलाका वस्तु प्रवद्र्धनका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मध्यपुरठिमी नगरपालिकाकी निवर्तमान उपप्रमुख मधिकर्माले स्थानीय सरकार मध्यपुरठिमीमा रहेको हस्तकला उद्योग व्यवसायको संरक्षणप्रति क्रियाशील रहेको बताउनुभयो भने मध्यपुरठिमी नगरपालिका-६ का वडाध्यक्ष प्रजापतीले आफ्नो वडामा हस्तकलालगायत स्थानीय उद्योग व्यवसाय प्रवद्र्धनका लागि पर्याप्त बजेट छुट्याएको जानकारी गराउनुभयो । कार्यक्रममा महासंघका पूर्वअध्यक्ष इन्द्रबहादुर शाक्य, महासंघ उपाध्यक्ष दिपेन्द्र शाक्यको पनि उपस्थिति रहेको थियो । पार्कमा १६ प्रजातिका ५० भन्दा बढी बिरुवा रोपिएको महासंघका अध्यक्ष शाक्यले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?