मंगलम् पाइप्सको टेक्निसियन भेला

Read Time = 1 min

काठमाडौं । सिपिभिसि पाइप्स र फिटिङ्स उत्पादक कम्पनी मंगलम् पाइप्सले काठमाडौंमा बृहत् टेक्निसियन मिट सम्पन्न गरेको छ । शुक्रबार चार सयभन्दा बढी प्लम्बर टेक्निसियनको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

अघिल्लो आर्थिक वर्ष उत्कृष्ट व्यवसाय गर्ने प्लम्बर टेक्निसियनलाई कम्पनीले उपहार प्रदान गरी सम्मान गरेको छ । कम्पनीले उत्कृष्ट काम गर्नेमध्ये टार्गेट स्ल्याबअनुसार ३२ इन्चको स्मार्ट टिभी १७ जनालाई, ब्राण्डेड ल्यापटप ११ जनालाई, एक तोला सुन ३६ जनालाई, डिस्कभर १२५ सिसी बाइक आठजनालाई, पल्सर १५० सिसी बाइक चारजनालाई, पल्सर २२० सिसी तीनजनालाई र बम्परमा चार तोला सुन आठजनालाई प्रदान गरेको जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक अभिनव चुरिवालले उपहार हस्तान्तरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?