ब्याजदर वृद्धिप्रति महासंघको आपत्ति

Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ब्याजदर वृद्धिप्रति आपत्ति जनाएको छ । बैंक तथा वित्तीय संस्थाले असोजदेखि लागू हुने गरी ब्याजदरमा भएको वृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ । कर्जाको ब्याजदर अकासिँदा कोरोना र त्यसपछि बाहृय र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुने भन्दै महासंघले सरकार, केन्द्रीय बैंक र बैंक वित्तीय संस्थाहरूको ध्यानाकर्षण गराएको छ ।

महासंघले बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको र उत्पादित सामानको मूल्य अकासिएर आमसर्वसाधारणको जीविका पनि कष्टकर हुँदै जाने जनाएको छ । आठ प्रतिशतभन्दा माथि पुगिसकेको मुद्रास्फीतिदरलाई बैंक वित्तीय संस्थाको पछिल्लो निर्णयले थप माथि पुग्ने, अर्थतन्त्र संकुचित हँुदा सरकारको राजस्व संकलनसमेत करिब २० प्रतिशतले न्यून हुन गएको महासंघको भनाइ छ ।

ADVERTISEMENT

महासंघद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘संकटमा जोखिम बा“डेर अर्थतन्त्रका सबै क्षेत्रले एकअर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्था हो । विशेषगरी कोभिडका कारण पहिलो बन्दाबन्दीको अवस्थामा बैंकिङ क्षेत्रबाट प्राप्त सहयोगको महासंघ प्रशंसा गर्छ तर पछिल्लो निर्णयले ब्याजदरमा अस्थिरता हँुदा सञ्चालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नया“ लगानी निरूत्साहित हुनेछ । यस सन्दर्भमा विगतमा ब्याजदर बढ्दैमा निक्षेप नबढेको उदाहरण पनि स्मरणीय छ ।’

यसै पनि अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने भएकाले अर्थतन्त्रमा नकारात्मक असरमात्र पर्ने ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघले ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?