बीमक संघद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण

Read Time = 2 mins

काठमाडौं । जीवन बीमक संघको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र डेपुटी गभर्नर बमबहादुर मिश्रसँग भेट गरी विभिन्न चारबुँदे माग अघि सारेको छ । जीवन बीमक संघले साना-साना रकम जम्मा गरेर सरकारलाई योगदान पुर्‍याउने बीमा कम्पनीमा राष्ट्र बैैंकले कडाइ गरेको भन्दै हाल बैंकहरूले संस्थापक मुद्दती निक्षेपमा दुई प्रतिशतभन्दा कम व्याजदर लिँदै आएकोमा परिमार्जनको माग गरेको छ । बीमा कम्पनीलाई मुद्दती निक्षेपको ब्याजदरमा संस्थापकरूपमा नहेरी व्यक्तिगतरूपमा हेरेर ब्याजदर लागू गर्नुपर्ने संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले बताउनुभएको छ ।

त्यसैगरी अन्तर्राष्ट्रियस्तरमा बैंकास्योरेन्स भइरहँदा बीमा क्षेत्रमा सकारात्मक भूमिका खेल्ने भन्दै यसतर्फ राष्ट्र बैंकको ध्यान जानुपर्ने, कम्पनीले वण्डको प्रस्ताव र बीमा सुविधा दिँदै आएका बैंकहरूले अनिवार्यरूपमा बीमा कम्पनीको नाम खुलाउनुपर्ने, बीमा कम्पनीले लगानी गर्ने मुद्दती निक्षेपको रकम कम्पनीको निजी स्रोत नभई सर्वसाधारण बीमितसँग संकलित बचत भएकाले संस्थागत निक्षेपका रूपमा हेरेर विभेद गर्न नहुने संघको भनाइ छ ।

ADVERTISEMENT

बीमा कम्पनीले बीमितसँग थोरै थोरै रकम गरेर बीमा शुल्कमार्फत् संकलन गरेको रकमलाई नै बैंकमा लगानी गर्ने हुँदा राष्ट्र बैंकले सकारात्मकरूपमा लिनुपर्ने संघका अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । सो अवसरमा संघका पदाधिकारी अध्यक्ष निर्मलकाजी श्रेष्ठ, उपाध्यक्ष पोषकराज पौडेल, महासचिव राजकुमार अर्याल र कोषाध्यक्ष प्रवीणरमण पराजुलीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?