मूर्ति बनाउन भ्याइ नभ्याइ

Read Time = 3 mins

-प्रकाश मैनाली
सर्लाही । असोज १ गते मनाइने विश्वकर्मा पूजा र एक महिना भन्दा छोटो समयमा आउने दर्शैका कारण उक्त पूजाका लागि मूर्ति बनाउन कुमालेलाई भ्याइनभ्याइ छ ।

बिश्वकर्मा मेला र असोज १० बाट सुरु हुने नवरात्री बिच छोटो समय र धेरै ठाँउमा मेला लाग्ने भयपछि कुमालेहरुलाइ धेरै भ्याइ नभ्याइ भएको हो ।
मेलाको तयारी स्वरुप अहिले सर्लाहीको बिभिन्न ठाँउमा मूर्ति बनाइ रहेको देखिन्छ । मेलाको तयारीको लागि बिभिन्न स्थानमा मेला समिती बनाएर काम भैरहेको छ । असोज एक गते लाग्ने बिश्वकर्मा पूजाको लागि मुर्ती बनाउने काम अन्तिम चरणमा पुगेको छ । बिश्वकर्मा मेलाको रुपमा सार्वजनीक स्थानमा र उद्योगीहरुले व्यत्तिगत रुपमा आफनो उद्योगमा समेत मनाउने भएकाले यसको माघ झन धेरै हुने गरेको कुमालेहरु बताउछन । असोज १० वाट सुरु हुन लागेको नवरात्रीको लागि समेत मूर्ति बनाउन सुरु गरिएको छ । पछिल्लो समय नयाँ पुस्ता यो पेशा नअपनाउँदा पुरान पुस्ताले बजार माघ पूरा गाह«ो परेको छ ।

यस पेशामा मौेसमी रुपमा मात्र काम चल्ने भएकाले नयाँ पुस्ताले पेशालाई अङगाल्न चाहँदैनन । विशेषत तिजको बेला कुष्ण जन्माष्टमी, गणेश चर्थुती मेला, बिश्वकर्मा पूजा, नवरात्रीका, छठ पूजा, सरस्वती पूजा तथा मुसहर समुदायले मनाउने भुइया बाबाको पूजा लागायतको केहि समयमा मात्र काम पाईने चलन भएकाले नयाँ पिडीले यस पेशालाई अपनाउन चाहेको देखिदैन । साथै यसलाई चाहिने कच्चा पदाथ समेत नेपालमा सहज रुपमा नपाउँदा यस व्यवसाय फटाउन सफल नसकेर पलाएन हुनु परेको उनीहरुको गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 खुसी खुसी
0 अचम्मित अचम्मित
0 दुःखी दुःखी
0 उत्साहित उत्साहित
0 आक्रोशित आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?