कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले माग्नुभयो माफी

Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दमौलीवासीसँग माफी माग्नुभएको छ। गत साता दमौलीमा आयोजित कार्यक्रममा पानीको समस्याबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपुर्ण हुन नसक्ने भन्दै उहाँले माफी माग्नुभएको हो।

सामाजिक सञ्जाल फेसबुकमार्फत मागी गर्दै नेता पौडेलले लेख्नुभएको छ ।

गत साता दमौली कार्यक्रममा मैले दमौलीमा मादी नदीको पानी समेतलाई प्रशोधन गरेर वितरण गर्ने आयोजना संचालन हुँदा पानीको समस्या समाधान भएको कुरा गरेको थिएँ ।

त्यसअघि गुणादी लगायत अन्य स्रोतबाट ल्याइएको पानीले मात्र वितरणमा समस्या ९अपुग० थियो । दमौली आसपास पानीको मुलबाट चुन ढुङ्गा मिश्रित पानी वितरणमा जोडिने गरेको हो । प्रशोधन संयन्त्र र क्षमता नहुँदा चुन्या पानी वितरण हुने गरेकोमा अब प्रशोधन क्षमतामा वृद्धि भएको अवस्थामा त्यो पनि समस्या रहेको छैन र दमौलीवासीले शुद्ध पानी पाइरहेका छन् ।

ADVERTISEMENT

मेरो भनाइलाई विभिन्न माध्यमबाट विभिन्न तर्कसहितका व्याख्यासहित प्रेसित हुँदा गुणादीवासीको भावनामा ठेस पुगेकोमा म क्षमा प्रार्थी छु ।
विकासको क्रममा सकारात्मक ऊर्जा र सकारात्मक प्रगति हासिल गर्नुपर्ने छ र जनतालाई सेवा पुग्नुपर्ने हुन्छ । जनताको स्वास्थ र जनताको हितविपरीत कुनै काम गर्नु राम्रो हैन र त्यसतर्फ सबैको ध्यान जाओस् ।

गुणादीका दाजुभाइ र दमौलीका दाजुभाइ एक आपसका परिपुरक हुन् र एक अर्काले धेरै पहिले देखी सहयोग आदान प्रदान गर्दै आएका छन् । मेरो अभिव्यक्तिलाई नै लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन सक्दैन । एक आपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित् सबैमा आग्रहसमेत गर्दछु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?