आकर्षक स्तन हरेक दृष्टिकोणले महत्वपूर्ण

Read Time = 5 mins

काठमाडौं । स्तन महिलाको एक सहायक प्रजनन अङ्ग हो । महिलाको छातीमा भएका यी दुईवटा विशेष ग्रन्थीहरु शिशुको पोषणका लागि जति महत्वपूर्ण छन् त्यति नै यौनको दृष्टिकोणले पनि त्यति नै महत्वपूर्ण हुन्छन् शिशुको पोषणका लागि आवश्यक दुध उत्पादन गर्ने भएको हुनाले नै यसलाई सहायक प्रजनन अङ्गको रुपमा लिइन्छ ।

स्तन मानिस (स्त्री तथा पुरुष) को शरीरको मध्य माथिल्लो भागमा देब्रे तथा दाहिने तर्फे हुने मांसपेशी युक्त अङ्ग हो । युवा अवस्थामा एस्ट्रोजेन (estrogen), (स्त्री मदजन), हारमोन र मदचक्र (estrons cycle) को कारण स्त्री हरूमा यसको अधिक विकास भई पुरुषको भन्दा ठूलो हुन जान्छ । स्तन दोस्रो करङ्गबाट शुरु भई छैठौं करङ्गसम्म पुगेको हुन्छ ।

यसको उपयोगिताको बारेमा विभिन्न मत भए पनि प्रमुख शारिरिक कार्य चाहि बालकको लागि दुध उत्पादन गर्नु हो । यो स्त्री रूको प्रमुख सौर्न्दय अङ्ग पनि हो ।

स्तन यौन स्पर्श, चुम्बनजस्तै स्तन दृश्यपान तथा स्पर्श पनि यौन सम्पर्क कायम गर्नुअघि प्राक्क्रीडाको प्रस्थान बिन्दु हाे । महिलाको स्तन पुरुषका लागि यौन आकर्षण गर्ने अंग पनि हो। आकर्षक स्तनको बनौटले स्त्रीमा सुन्दरता थपिदिन्छ । स्तनसँग आत्मसम्मानको कुरा पनि जोडिएको हुन्छ । यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिने कुरा अनुसन्धानहरूले देखाएका छन् ।

व्यक्तिअनुरूप स्तनको स्वरूप एवं आकारमा धेरै विविधता पाइन्छ । स्तनमा भएका तन्तुका आधारमा यो कुनै ठूलो वा सानो हुन्छ । सामान्यतयाः स्तनको आकार वा स्वरूपलाई प्रभाव पार्ने प्रमुख कुरा निम्न छन्ः स्तनका तन्तुको मात्रा, पारिवारिक इतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाइ वा तन्कन सक्ने गुण, रागरस हार्मोनरूको प्रभाव ।

ADVERTISEMENT

यसैगरी  स्तन यौन आनन्द दिने अङ्ग पनि हो। स्तन के हो भन्ने बारेमा कम व्यक्तिलाई मात्र पर्याप्त जानकारी रहेको पाईन्छ। यसकाे साइजकाे कुरालाई लिएर धेरै नै अलमल, अन्योेलमा पर्ने गर्छन् र अनावश्यक रुपमा पीर मात्रै गर्ने होईन उचित जानकारी नपाउँदा सानाे या ठूलाे भएका कारण हीनताबोधको शिकार हुन सक्छन्। त्यसैले स्तनको कार्य तथा बनावटको बारेमा यसरी चिन्ता लिनु उचित भने होइन ।

चिकित्सा विज्ञानको दृष्टिमा स्तन ग्रन्थी बोसो, तथा रेशीय तन्तुहरूले बनेको पिण्ड हो। यो छातीको मांशपेशीको भित्तामा रेशीय तन्तुको स्ट्र्याण्डको मद्दतले टाँसिएको हुन्छ। स्तनभरि नै प्रमुख रुपमा बोसोयुक्त तन्तु हुन्छ र यसले नै स्तनलाई कमलो वा नरम बनाएको हुन्छ र एक निश्चित आकार दिएको हुन्छ।

पूर्व किशोरावस्थामा मुन्टोबाहेक स्तन पूर्ण रुपमा समतल नै हुन्छ भने शुरुको किशोरावस्थामा मुन्टो वरिपरीको भाग बढ्न थाल्छ, स्तनको अन्य भाग पनि भरिएर आउन थाल्छ। पछिल्लो किशोरावस्थामा भने स्तनमा दुध बनाउने ग्रन्थीको विकास हुनुको साथै बोसोको मात्रामा वृद्धि हुन्छ र मुन्टो वरिपरीको भागसम्म भएर जान्छ।

-विभिन्न पत्रपत्रिकाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?