उत्तर प्रदेशका विधायक अरविन्द गिरिको निधन

Read Time = 1 min

लखनउ । भारतको उत्तर प्रदेशका विधायक अरविन्द गिरिको निधन भएको छ । भारतीय जनता पार्टी भाजपाका विधायक अरविन्द गिरिको हृदयघातका कारण मंगलबार मृत्यु भएको जनाइएको छ ।

उहाँ उत्तर प्रदेश राज्यको लखिमपुर खेरी जिल्लाको गोला गोक्रनाथ विधानसभा क्षेत्रबाट पाँचपटक विधायक रहिसक्नु भएको छ । उपचारका लागि प्रदेशको राजधानी लखनउ ल्याउँदा बाटोमै उहाँको मृत्यु भएको हो ।

ADVERTISEMENT

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेता गिरिको निधनले राज्यलाई अतुलनीय क्षति भएको बताउँदै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?