सिर्जनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Read Time = 2 mins

काठमाडौं । सिर्जनशील लघुवित्त वित्तीय संस्थामा प्राथमिक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले १५ भदौदेखि सर्वसाधारणका लागि तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासनमा ल्याएको हो ।

त्यसमध्ये पाँच हजार ४७० कित्ता सेयर कर्मचारीहरूलाई र १९ हजार ६९० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने तीन लाख ६८ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लघुवित्तको अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी १० करोड ९३ लाख रुपैयाँ ७५ हजार र चुक्ता पूँजी सात करोड रुपैयाँ रहेको छ ।

ADVERTISEMENT

लघुवित्तको आईपीओमा प्रतिसेयर एक सय रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्ता अर्थात् १० हजार रुपैयाँसम्मका लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेब तथा एपमार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?