आविष्कार केन्द्र दाँते सिन्का उत्पादन गर्ने मेसिन बनाउँदै

Read Time = 6 mins

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले सिन्के धुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ । लघु, घरेलु तथा साना उद्योग प्रवद्र्र्धन केन्द्रको सहकार्यमा उक्त मेसिन बनाउने भएको छ । शुक्रबार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासका लागि काम केन्द्र र आविष्कार केन्द्रबीच सम्झौता भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको उपस्थितिमा प्रवद्र्र्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार आविष्कार केन्द्रले आगामी वैशाखसम्म सिन्के धुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन निर्माण गर्न सक्नेछ । उक्त १२ बुँदे सम्झौतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र राष्ट्रिय आविष्कार केन्द्रले संयुक्त प्रयासमा लघु, घरेलु तथा साना उद्योगका लागि आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने उल्लेख छ ।

त्यस्तै दुवै पक्षले प्रविधिको अध्ययन, अनुसन्धान र विकास गर्ने सन्दर्भमा सूचना, प्राविधिक सहयोग र विज्ञताको आदानप्रदान गर्ने, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रबाट प्रविधि अध्ययन, अनुसन्धान तथा नवप्रवर्तन र विकासका लागि प्रोत्साहन गर्न चालु आव २०७९/२०८० मा राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लाख रुपैयाँ सम्झौताबमोजिम खर्च हुने गरी अनुदान रकम उपलब्ध गराउने, आविष्कार केन्द्रले प्रविधिको अध्ययन, अनुसन्धान र विकासको प्रगति नियमितरूपमा लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रलाई जानकारी गराउने, केन्द्रबाट विकास भएको प्रविधिको गुणस्तर परीक्षण, बजारीकरण र प्रदर्शन गर्न दुवै पक्षले आवश्यक समन्वय र सहयोग गर्ने पनि सम्झौतापत्रमा उल्लेख छ ।

ADVERTISEMENT

सरकारले सिन्के धुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउन राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लाख लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ ।

त्यसैगरी आविष्कार केन्द्रबाट विकास हुने प्रविधि प्रचारप्रसार र उपयोग सम्बन्धमा कार्यशाला गोष्ठी, तालिम, सेमिनार, प्रदर्शनीजस्ता प्रवद्र्धनात्मक कार्यक्रम संयुक्तरूपमा गर्ने, नेपालमा स्थापित लघु, घरेलु तथा साना उद्योगलाई आविष्कार केन्द्रबाट विकास हुने प्रविधि प्रयोग गर्न संयुक्तरूपमा प्रयास गर्र्ने, लघु, घरेलु तथा साना उद्योगलाई आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान तथा आविष्कार गर्न निजी क्षेत्रलाई समेत प्रोत्साहित गरिने, नेपालमा परम्परागतरूपमा प्रयोग हुँदै आएका रैथाने प्रविधिको पहिचान, अभिलेखीकरण र अद्यावधिक तथा परिमार्जन गर्न सहकार्य गरिने, आविष्कार केन्द्रले प्रविधि विकासका क्षेत्रमा नीति निर्माण कार्यमा पृष्ठपोषण उपलब्ध गराउन सक्ने, सम्झौतापत्र २०८० असारसम्म बहाल रहने तर दुवै पक्षको आपसी सहमतिमा अवधि थप गर्न पनि सकिने उल्लेख छ ।

कार्यक्रममा मन्त्री बडूले आविष्कार केन्द्रसँगको सम्झौताले सरकारको राष्ट्रिय नीतिलाई सहयोग पुग्ने बताउनुभएको छ । उहाँले उत्पादन गर्ने कुरा स्थानीय तहबाट नै सुरु गर्दा स्थानीयस्तरमै रोजगारी सिर्जना हुने पनि बताउनुभयो । आविष्कार केन्द्रका अध्यक्ष डा. पुनले उद्योग र उद्यमी नबढाएसम्म देशको अर्थतन्त्र नबढ्ने भन्दै देशको अर्थतन्त्र बढ्न उद्यमी बढाएर उद्योग सञ्चालनमा जोड दिनुभयो । आविष्कार केन्द्रको मुख्य उद्देश्य पनि उद्यमीहरू बढाउने नै भएको उहाँको भनाइ थियो । पुनले सहयोग रकम सिन्के धुप, दाँत कोट्याउने सिन्का बनाउने मेसिन, झाडु, बाँसको मुडा बनाउनेलगायत मेसिन बनाउन खर्च गरिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?