कृषक समूह महासंघको साताव्यापी कार्यक्रम

Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय कृषक समूह महासंघले कृषिमा रूपान्तरण, संगठन विस्तार र सुदृढीकरण भन्ने नाराका साथ १२औं स्थापना दिवस विभिन्न कार्य गरी साताव्यापीरूपमा मनाउने भएको छ । हालसम्मका सिकाइ आदानप्रदानका साथै आगामी कार्यदिशा तयारीका लागि सरोकारवाला, संघ, संस्था एवं सरकारी तहबाट रचनात्मक सुझाव ग्रहण गर्ने उद्देश्यले भदौ १७ देखि २३ सम्म विविध कार्यक्रमसहित स्थापना दिवस मनाउन लागिएको महासंघले जनाएको छ ।

कार्यक्रमअन्तर्गत मधेश प्रदेश मिसन कार्यक्रम साथै एफएफबिएस कार्यक्रमबारे जानकारी दिने, पालिका, जिल्ला, प्रदेश तहमा चिन्तनमनन, तहगत संरचनाबीच चिन्तनमनन, किसान पहिचान वर्गीकरणसहित किसान परिचयपत्रबारे अनुभव आदानप्रदान, नीतिगत समीक्षा, सम्पूर्ण नीति रणनीतिलगायत रहेको महासंघले जनाएको छ ।

ADVERTISEMENT

२०६८ सालमा कृषक समूह पशु सेवा समूह र कृषि सहकारीको छाता संगठनका रूपमा स्थापना भएको थियो । हाल सातै प्रदेश, ६३ जिल्लाका ५१ सय ५० भन्दा बढी कृषक समूह, पशु सेवा समूह र कृषि सहकारी महासंघमा आबद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?