सेजन र नेपाल बारबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल बार एसोसिएसनबीच आर्थिक पत्रकारलाई आर्थिक तथा व्यावसायिक कानुनसम्बन्धी क्षमता अभिवृद्धि गर्नेबारे समझदारी भएको छ । बुधबार नेपाल बारको कार्यालय रामशाहपथमा दुवै पक्षबीच सम्झौता भएको हो । सम्झौतामा बारतर्फबाट महासचिव अञ्जिता खनाल र सेजनतर्फबाट महासचिव भागवत भट्टराईले हस्ताक्षर गर्नुभएको छ ।

ADVERTISEMENT

आर्थिक तथा व्यावसायिक कानुनका विषयमा सेजनका सदस्यको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्ने तालिममा बारतर्फबाट स्रोत व्यक्ति उपलब्ध गराउनेबारे द्विपक्षीय सम्झौतामा उल्लेख छ । तालिमका लागि स्रोत व्यक्तिका रूपमा अर्थ क्षेत्रसँग सम्बन्धित विज्ञ वरिष्ठ अधिवक्ता बारले उपलब्ध गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?