शिवम् सिमेन्ट्सको विशेष साधारणसभा

Read Time = 2 mins

काठमाडौं । शिवम् सिमेन्टले विशेष साधारणसभा सम्पन्न गरेको छ । शुक्रबार कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सम्पन्न विशेष साधारणभसाले कम्पनीको प्रबन्धपत्रको दफा ६ को खण्ड (ख) र (ग) तथा नियमावलीको नियम नं. २३, नियम नं. २५ को (५) नियम नं. २७ को (२), नियम नं. २९ र नियम नं. ३१ संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

संशोधनपछि कम्पनीको सञ्चालक समितिको सङ्ख्या सातबाट छजना कायम हुनुका साथै कम्पनी ऐन २०६३ को दफा ७३ बमोजिम ५१ प्रतिशत वा सोभन्दा बढी सेयरधनीको उपस्थितिमा साधारणसभा सञ्चालन गर्न सकिने गरी नियमावलीमा व्यवस्था गरिएको छ ।

ADVERTISEMENT

सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने पहिलो सिमेन्ट कम्पनी शिवम्ले उत्पादन समयदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट ओपिसीमात्र उत्पादन तथा बिक्री गर्दै आएको छ । शिवम् सिमेन्ट नेपाल नापतौल तथा गुणस्तर विभागबाट एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत भएको थियो ।

शिवम् सिमेन्ट यसमा भएको गुणस्तरकै कारण लाखौँ ग्राहकको पहिलो रोजाइमा पर्दै आएको छ । व्यक्तिगत, व्यावसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाका अनेकौँ संरचना निर्माणमा शिवम् सिमेन्टले विगत लामो समयदेखि महत्वपूर्ण भूमिका प्रस्तुत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?