कुमारीको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’

Read Time = 2 mins

काठमाडौं । कुमारी बैङ्कले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदरको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ को एक हजार अङ्कित दरका तीस लाख कित्ता ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । उक्त तीन अर्ब बराबरको ऋणपत्रमध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिने बैङ्कले जनाएको छ । ऋणपत्र निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

ADVERTISEMENT

सर्वसाधारणका लागि निष्कासन गरिने १२ लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई छुट्याएको पाँच प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्रका लागि तीनवटा सामूहिक लगानी कोषबाट कुल ९५ हजार कित्ताका लागि आवेदन प्राप्त भएको र सो समानुपातिक आधारमा बाँडफाँट गरिएको पनि बैङ्कले जनाएको छ । सर्वसाधारणका लागि निष्कासन गरिने ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्तादेखि अधिकतम् १२ लाखसम्म आवेदन दिन सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?