अवैध संरचना हटाउन शंखमूल र बानेश्वरमा बालेन्द्र शाह नेतृत्वको टोलीद्वारा स्थलगत निरीक्षण (भिडियाेसहित)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । अनधिकृत संरचना हटाउन बिहीबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहितको टोली शंखमूल र बानेश्वरमा पुगेको छ

अहिले मेयर बालेनसहित डीआईजी मीरा चौधरी शंखमूल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकनमा पुग्नुभएको छ । अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनधिकृत संरचना बनाएको ठाउँमा मेयरसहितको टोली पुगेकाे हाे ।

बालेन नेतृत्वको टोलीले अवैध संरचनामा खुलेका पसलहरूको अवलोकन गरिरहेको छ ।

ADVERTISEMENT

बालेन नेतृत्वको टोलीले व्यवसायीहरुलाई घरबेटीलाई बेसमेन्ट पार्किङको लागि भनेर जानकारी गराउनुस् भन्दै सटर लगाएर प्याकिङ गर्न निर्देशन दिएको छ ।

आजै बानेश्वरको अल्फाबिटामा पनि बालेन नेतृत्वको टोलीले अनुगमन गर्दैछन् ।

https://youtu.be/wORF91yXby8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?