गल्याङमा पनि पूर्ण एफटिटिएच

Read Time = 2 mins

काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन सफल भएको छ भने करादीबजारमा एफटिटिएच सेवा सुचारु भएको छ । उक्त सेवासँगै अब करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन तथा मोबाइल डाटा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन हुँदा आफूले इच्छाएको इन्टरनेट स्पिड सहजै प्राप्त गर्नुका साथै प्रविधिमैत्री समाज निर्माणमा सहयोग पुगेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताउनुभयो । यादवका अनुसार ग्रामीण भेगदेखि शहरसम्मकै सेवामा कुनै गुनासो नआउने गरी उपभोक्तालाई प्रविधिसँग नजिक बनाउने कम्पनीको योजना रहेको छ ।

ADVERTISEMENT

गल्याङ नगरपालिकाका नगरप्रमुख गुरूप्रसाद भट्टराईले नेपाल टेलिकमले प्रदान गरेको सेवाले नगरवासी सन्तुष्ट रहेको भन्दै एफटिटिएच पूर्ण माइग्रेसनले शहरी सौन्दर्यतामा समेत सहयोग पुग्ने बताउनुभयो । त्यसैगरी नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका प्रमुख रवि मानन्धरले एफटिटिएच सेवाको क्रमिक विस्तारले आमउपभोक्ताको जनजीवन विकसित बन्दै गएको भन्दै अन्य प्राइभेट अपरेटरले विस्तार गरेको सेवासँग नेपाल टेलिकमको सेवालाई तुलना गर्न नहुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?