बुटवलदेखि पाल्पासम्म एनओजी राइड

Read Time = 2 mins

काठमाडौं । टिभिएस मोटरको नेपालस्थित आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले बुटवलदेखि पाल्पासम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । आइतबार आयोजित राइड बुटवलबाट सुरु भएर पाल्पाको रैनादेवीस्थित झरना रिसोर्टसम्म पुगेर समापन भएको थियो ।

राइडमा सहभागीबिच विभिन्न गेम पनि खेलाइएको थियो भने राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदानका साथै आकर्षक उपहार पनि प्रदान गरिएको थियो । करिब ६० जना राइडर सहभागी राइड सम्पूर्ण सुरक्षा सावधानीसाथ सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

ADVERTISEMENT

त्यसैगरी कम्पनीले नारायणी क्षेत्रमा ४० राइडरका साथमा एओजीको राइड आयोजना गरेको छ । टिभिएसले आफ्नो ग्राहकका लागि अपाचे ओनर ग्रुप (एओजी) नामक रोमाञ्चक राइडअन्तर्गत शनिबार नारायणगढको मल्लश्री मोटर्स प्रालिबाट सौराहाको होटल पार्क ल्यान्डसम्म राइड आयोजना गरेको हो । सो अवसरमा सहभागी वसन्त रानाले सवारी तथा सडक सुरक्षासम्बन्धी जानकारी प्रदान गर्नुभएको थियो । टिभिएसले हालसम्म एओजी राइड काठमाडौं, कोसी, गण्डकी र लुम्बिनी च्याम्टरमा सम्पन्न गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?