चिनियाँ सेना र रुसी सेनाको संयुक्त ‘भोस्तेक’ अभ्यास हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

मस्को । रुसी सेनाले चिनियाँ सेनासँग मिलेर अभ्यास गर्ने भएको छ । रुसमा हुने भोस्तोक अभ्यासमा भारत, बेलारुस, मंगोलिया, ताजिकिस्तान लगायतका मुलुकका सेना पनि सहभागी हुनेछन् । अगस्ट ३० देखि सेप्टेम्बर ५ सम्म यो अभ्यास गरिने मस्कोले घोषणा गरेको छ ।

ADVERTISEMENT

रुससँगको द्विपक्षीय सहकार्यको एक हिस्साका रूपमा यी अभ्यासहरू भइरहेको चीनको रक्षा मन्त्रालयले जनाएको छ । वर्तमान विश्व परिस्थितिसँग यसको साइनो नरहेको उसले स्पष्ट पारेको छ । सहभागी मुलुकहरूका सेनाबीच रणनीतिक सहकार्यको स्तर बढाउन तथा विविध सुरक्षा जोखिमको सामना गर्नका लागि यो अभ्यास गर्न लागिएको जनाइएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?