बिहीबार २८४ गाडी फोहर बन्चरेडाँडामा फालियो, केही दिनमा राजधानीको सबै फोहोर उठ्छ : मेयर साह

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंको फोहर केही दिनमा उठाइसकिने बताउनुभएको छ ।

सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोधहरू हटेको र बिहीबार मात्रै २८४ गाडी फोहोर बन्चरेडाँडा पुगेको मेयर साहले जानकारी दिनुभयो । साहले आफूहरूसँग सीमित मात्रामा फोहोर बोक्ने ट्रकहरू रहेकाले समस्या रहेको बताउनुभएको छ ।

‘यहि अवस्था कायम रहिरहेमा केहि दिनमा नै सबै फोहोर उठिसक्ने छ । हामीसँग सीमित मात्रामा फोहोर बोक्ने ट्रकहरू रहेका छन् । ट्रिपर, ट्रक जस्ता ठूला मेसिनरीका व्यवसायीहरूको सहयोगले मात्रै छोटो समयमा धेरै भन्दा धेरै फोहोर उठाउन सकिन्छ’ साहले भन्नुभएको छ ।

ADVERTISEMENT

फोहर उठाउन महानगरले यातायात व्यवसायीसँग सहयोग लिएको थियो ।

महानगरको आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गर्नु हुने समानान्तर (निःशुल्क ३० वटा), नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ (इन्धन महानगरले भर्ने गरी १८ वटा), नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगी लगायतलाई उहाँले धन्यवाद दिनुभएको छ । महानगरलाई थप ट्रिपर तथा ट्रक उपलब्ध गराउन चाहने व्यक्ति वा संस्थालाई सम्पर्क गर्न साहले आह्वान गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?