मालेमा केन्द्र पुनर्गठन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मालेमा केन्द्र) पुनर्गठन भएको छ । पार्टीभित्रको आन्तरिक, बैचारिक र सांगठानिक मतभेदका कारण पार्टीको केन्द्रीय कार्यालय सदस्यहरुको बहुमत र राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्यहरुको बहुमतसहित पार्टी नेता समिर संयोजक रहने गरी केन्द्रको राष्ट्रिय भेलाले केन्द्रीय संगठन समिति पुनर्गठन गरिएको केन्द्रले जनाएको छ ।

नेपालको कम्युनिष्ट आन्दोलन छिन्न भिन्न भइरहेको अवस्थामा तीनवटा कम्युनिष्ट समूह तराइ मधेश कम्युनिष्ट पार्टी, सैलुङ कम्युनिष्ट लिग र नेपाल कम्युनिष्ट आन्दोलन भेटघाट तथा सम्वाद समन्वय समितिको सयुक्त भेलाले नेपाल कम्युनिष्ट पार्टी (मालेमा केन्द्र) पुनर्गठन गरेको हो ।

ADVERTISEMENT

साथै पुनर्गठित केन्द्रले बिचार मिल्ने अन्य कम्युुनिष्ट पार्टीहरुसँगको एकतालाई पनि तीब्रता दिने भएको छ । पार्टीको विचारसँग नजिक रहेका कम्प्युनिष्ट घटकसँग बार्ता तथा सम्वाद अघि बढाउने निर्णयसहित गर्जन संयोजक रहेको वार्ता समिति गठनसमेत गरेको जनाएको छ ।

यसैबीच देशभक्त मोर्चा नेपालले पुनर्गठित मालेमा केन्द्रलाई साथ दिने भएको छ । मोर्चाका महासचिव सुरेश चौधरीले एक विज्ञप्ति जारी गर्दै मोर्चाको केन्द्रिय समितिको बागमति प्रदेशको मुख्यालय हेटौंडामा सम्पन्न देशभक्त जनमोर्चाको केन्द्रीय भेलाले पार्टी केन्द्रीय संगठन समिति पुनर्गठन गरेकोमा पुनर्गठित केन्द्रलाइ समर्थनसहित पुनर्गठित पार्टीका साथमा रहेको जनाएको छ । त्यसैगरी अन्तराष्ट्रिय प्रगतिशिल नेपाली मोर्चाका उपाध्यक्ष सुनिलकुमार धानुक र नेपाल राष्ट्रिय प्रगतिशिल शिक्षक संघका कार्यबाहक अध्यक्ष विकाउ यादवले पनि पुनगर्ठित पार्टी (मालेमा केन्द्र)को पक्षमा रहेको जानकारी गराउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?