सेयर बजारमा सुधार

Read Time = 3 mins

काठमाडौं । साताको दोस्रो दिन सोमबार भने सेयर बजार ५५.८८ अंकले बढेको छ । पछिल्ला दुई साता घट्दोक्रममा रहेको नेप्से परिसूचक सोमबार ५५.८८ अंकले बढेर २०६५.८९ अंकमा पुगेको छ भने दुई अर्ब ४३ करोड २९ लाख ८४ हजार छ सय ११ रुपैयाँको कारोबार भएको छ ।

तीन कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्दा सकारात्मक सर्किट लागेको छ । यस दिन दुई सय १५ कम्पनीका ६० लाख २६ हजार एक सय ९२ कित्ता सेयर दुई अर्ब ४३ करोड २९ लाख ८४ हजार छ सय ११ रुपैयाँमा कारोबार भएको हो । सबै समूहका सूचक बढेको बजारमा फाइनान्स समूहको सबैभन्दा धेरै ७.३८ प्रतिशतले बढेको छ ।

अन्य छ प्रतिशत, विकास बैंक पाँच, व्यापार र जलविद्युत् सूचक चार प्रतिशतभन्दा बढीले बढेका छन् । होटल, निर्जीवन बिमा तीन, लगानी र लघुवित्त दुई प्रतिशतभन्दा बढीले बढेका छन् ।

ADVERTISEMENT

कारोबार रकममा अग्रस्थानमा रहेको शिवम् सिमेन्ट्सको सेयरमूल्य १५ रुपैयाँ घटेर २१ करोड दुई लाख ५२ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो स्थानमा रहेको नेपाल लाइफको १२ करोड ५५ लाख तथा तेस्रो स्थानमा रहेको हिमालयन डिस्टिलरीको नौ करोड ४१ लाखको सेयर कारोबार भएको छ ।

नेपाल टेलिकम, अरुण भ्याली, स्वावलम्बन लघुवित्त, नेस्डो समृद्ध लघुवित्त, एनसिसी बैंक, अपि पावर र युनिभर्सल पावर शीर्ष कारोबार हुने १० कम्पनीको सूचीमा रहेका छन् । श्री इन्भेस्ट एन्ड फाइनान्स, मल्टिपर्पस फाइनान्स, राधी विद्युत् कम्पनी, रिभर फल्स पावर, पञ्चकन्या माई हाइड्रोपावर, अपर हेवाखोला जलविद्युत्, राष्ट्र उत्थान लघुवित्त, हिमालयन ऊर्जा विकास कम्पनी, सेन्ट्रल फाइनान्स, गोर्खाज फाइनान्स, आइसिएफसी फाइनान्स, युनिभर्सल पावर र दोर्दीखोला जलविद्युत् कम्पनीको सेयरमूल्य पनि नौ प्रतिशतभन्दा धेरै बढेको छ भने इमर्जिङ नेपाल, युनाइटेड मोदी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट, सप्तकोसी हाइड्रोपावर, जानकी फाइनान्स र दिव्यश्वरी हाइड्रोपावरको आठ प्रतिशतभन्दा धेरै बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?