नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा विभाग र समिति गठन

Read Time = 3 mins

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले साउन २६ गते विभिन्न विभाग र केही समिति गठन गरेको छ । निर्वाचित भएको १६ महिनापछि शाखाले विभिन्न विभाग र समिति गठन गरेको हो ।

शाखाका पदाधिकारी तथा सदस्यहरु प्रमुख रहने ती विभागमा रहने सदस्यहरुको संख्या थप गर्न सकिने कार्य समिति सदस्य रमेश कुमार बोहोराले बताउनु भयो। सगठन विभाग संयोजकमा सचिव महेश्वर गौतम रहनुभएको छ भने सदस्यहरुमा रमेश कुमार बोहोरा, रमेश लामिछाने र रिना श्रेष्ठ हुनुहुन्छ । यसैगरी अनुशासन विभागमा संयोजक शाखा उपाध्यक्ष रामचन्द्र दुलाल रहेका छन् । सदस्यहरुमा मिना यादव, दिपक काफ्ले, शोभा नेपाली र बुद्ध योञ्जन रहेका छन् । अर्थ समितिमा शाखाका कोषाध्यक्ष अतिज अधिकारी संयोजक रहनु भएको छ भने सदस्यहरुमा कृष्ण प्रसाद ढुंगेल, सुबास मुखिया सुनुवार, बुद्ध योञ्जन र शैलेश डंगोल रहनु भएको छ ।

ADVERTISEMENT

महिला विभाग अन्तर्गत संयोजकमा शाखाकी उपाध्यक्ष अप्सरा गौतम रहनु भएको छ । सदस्यहरुमा रिना श्रेष्ठ, मिना यादव, शोभा अर्याल, शोभा नेपाली, सिता पौडेल, अर्चना रेग्मी हुनुहुन्छ । जेष्ठ पत्रकार लगत तथा विरामी पत्रकार, अपाङ्ग पत्रकार, लगत तथा अवस्था पहिचान समितिको संयोजकमा शाखाका सहसचिव हेमबहादुर (कमल) राना रहनुभएको छभने सदस्यहरुमा गोविन्द गिरी र योगेन्द्र चौलागाई रहनुभएको छ ।
यसैगरी प्रकाशन समितिमा संयोजकमा शाखाका कार्य समिति सदस्य कृष्णराज गौतम रहनु भएको छ भने सदस्यहरुमा रमेश कुमार बोहोरा, सुबास मुखिया सुनुवार, रमेश लामिछाने, कृष्ण प्रसाद ढुंगेल, अमिर लामा, गंगा बराल, यादव देवकोटा रहनुभएको छ ।

साना लगानी तथा स्वरोजगार मूलक (व्यवसायिक) मिडिया समन्वय विभाग, श्रमजिवी समस्या पहिचान समितिको संयोजकमा रमेश कुमार बोहोरा रहनु भएको छ भने सदस्यहरुमा गणेश पौडेल, कालिका महत हुनु हुन्छ। अतिरिक्त क्रियाकलाप विभागमा संयोजक लक्ष्मणदेव पाण्डे सदस्यहरुमा शैलेस डंगोल, अंकध्वज मोते, अशोक शिवाकोटी, कृष्ण कार्की हुनुहुन्छ । सञ्चारमाध्यमको अवस्था पहिचान र लगत समितिको संयोजकमा शाखाका कार्यसमिति सदस्य रमेश लामिछाने रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?