मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

सिड्नी । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर कम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् ।

चिकित्सा अनुसन्धानकर्ताहरुको समूह ‘बुर्नेट इन्ष्टीच्युड’ ले कोरोना भाइरसको फैलावट न्यूनिकरण गर्न मास्कको भूमिकाका बारेमा अनुसन्धान गरेको हो ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यको सहकार्यमा गरिएको अध्ययनबाट तयार पारिएको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको छ । प्रतिवेदनका अनुसार मास्कको प्रयोगले नयाँ सङ्क्रमितको संख्या २० प्रतिशत र मृतकको सङ्ख्या १४ प्रतिशतले घटेको देखिएको छ ।

ADVERTISEMENT

उनीहरूले फरक फरक मास्कको प्रयोग र त्यसको प्रभावकारिताका बारेमा भने छुट्टै अध्ययन नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जुनसुकै प्रकारको मास्क लगाएपनि कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन योगदान गरेको देखिएको अध्ययनकर्ताहरूले बताएका छन् । यस अध्ययनबाट कुल सङ्क्रमित र अस्पताल भर्ना भएकाहरूको सङ्ख्याको तुलना तथा सम्बन्ध देखाउन सकिने पनि जनाइएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?