श्रीलंकामा विद्युत शुल्क २६४ प्रतिशतले वृद्धि

Read Time = 1 min

कोलम्बो । श्रीलंकाको राज्यसञ्चलित विद्युत निकायले कम खपत गर्ने उपभोक्ताका लागि २६४ प्रतिशतले विद्युत महशुल बढाउने भएको छ । जबकी उच्च प्रयोगकर्ताहरूका लागि भने थोरै महशुल बढाउनेछ ।

घाटामा रहेको सिलोन विद्युत बोर्ड (सीईबी)ले बुधबारदेखि नयाँ शुल्क तोकेको हो । बोर्डले नौ वर्षमा पहिलो पटक उच्च वृद्धि गरेको हो ।

ADVERTISEMENT

सीइबीले आठ सय प्रतिशतभन्दा बढी शुल्क वृद्धिका लागि अनुरोध गरेको थियो । तर, नियामक निकायले अधिकतम २६४ प्रतिशतसम्म वृद्धि गर्न अनुमति दिएको अधिकारीहरूले बताउनु भयो ।

शुल्क वृद्धिले ७.८ मिलियन घरपरिवारमध्ये एक महिनामा ९० किलोवाटभन्दा कम विद्युत प्रयोग गर्ने दुई तिहाइ सबैभन्दा बढी वृद्धिबाट प्रभावित हुनेछन् । ठूला उपभोक्ताहरूले करिब ८० प्रतिशत बढी तिर्नेछन् ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?