काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिपछि उद्योगी व्यवसायी तथा बैंकर्सहरु निराश हुनुपर्ने अवस्था नभएको बताउनुभएको छ ।
आईतवार काठमाडौंमा भएका एक कार्यक्रममा बोल्दै डेपुटि गभर्नर मिश्रले यस्तो बताउनुभएको हो । उहाँले उद्योगी व्यवसायी तथा बैंकर्सहरुले मौद्रिक नीतिपछि सबै क्षेत्र खत्तम भयो भन्ने स्थिती नभएको बताउनु भयो । मिश्रले एक जना मान्छे सामान्य बिरामी भएर अस्पतालमा गयो भन्दैमा आइसियुमा हाल्न नहुने बताउनु भयो ।
उहाँले उद्योगी,व्यवसायी र बैंकर्सहरुलाई अहिलेको मौद्रिक नीतिलाई नराम्रो तरिकाबाट नहेर्न आग्रह गर्नुभयो । डेपुटि गभर्नर मिश्रले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा सबै क्षेत्रका सुझाव लिएर सुझावको आधारमा नै नीति ल्याएको दाबी गर्नुभयो । उहाँले मौद्रिक नीति वर्तमान अर्थतन्त्रमा देखिएको समस्याको सतप्रतिशत समाधान गर्ने सञ्जीवनी बुटी नभएको बताउनु भयो ।
मिश्रले अर्थतन्त्र बुझेको विज्ञहरुले सिआरआर अनुपात ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत बनाउँदा राष्ट्र बैंकले मार्न खाज्यो भन्नु बुझेर पनि नबुझेको जस्तो गरेको देखिएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘उद्योगी तथा बैंकर्सहरुकोले एकदमै निराश हुने कथनहरु आए मौद्रिक नीति आएपछि निराश हुनुपर्ने अवस्था छैन । बैंकर्स संघका अध्यक्षले मसँग एक पैसा पनि छैन । म पैसा दिन सक्दिन । उद्योग परिसंघले हामी खतम भयौं भन्ने,अटोमोवाईल्स नाडाका अध्यक्षले हामी बर्बाद भयौं भन्नुभयो । चेम्बरका अध्यक्ष रिसाउनु भयो । यस्तो निराश हुनुपर्ने स्थिति छैन । एउटा मान्छे अस्पतालको ओपीडिमा बिरामी भएर गयो भन्दैमा सिधै आइसियुमा हाल्ने काम नगरौं । यो कुरा अनुरोध गर्न चाहन्छु । यो कार्यक्रममा भेला भएर धेरै बिरामी भएर अस्पताल गएको मान्छेलाई सिधै आइसियुमा लगेर सलाइन पानी चढाउन थाल्ने काम उद्योगी,व्यवसायी,बैंकर्सहरुले नगरौं । सञ्जीवनी बुटी मौद्रिक नीतिमा सतप्रतिशत निस्कन सक्ने अवस्था छैन । राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा सबै क्षेत्रका सुझाव लिएका थियौं । अन्तर्राष्ट्रिय रुपमा भएको मूल्यवृद्धि, घरजग्गा कारोबारमा भएको वृद्धिको अवस्थामा अब विश्व बैंकले समेत घट्दै जान्छ भनेको अवस्था थियो । हामीले सबै बुद्धिजीविहरुलाई राखेर सुझाव लिएर ३ प्रतिशतबाट ४ प्रतिशत सिआरआर अनुपात बढाएको भएर मार्न खोजेको हो । भनेर भन्न थालेपछि यो बुझेर पनि नबुझेको जस्तो देखिएको छ ।’
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिले ७ प्रतिशत मूल्यवृद्धि कायम राख्न असम्भव रहेको बताउनु भयो । उहाँले मौद्रिक नीतिमा ८ प्रतिशतको ग्रोथ रेट र मूल्यवृद्धिलाई ७ प्रतिशतमा सिमति राख्ने लक्ष्य महासंघलाई वास्तविक नलागेको बताउनु भयो । अध्यक्ष गोल्छाले मौद्रिक नीतिले बैंकको ब्याजदर वृद्धि हुने भएकाले कर्जाको माग कम हुने बताउनु भयो ।
अध्यक्ष गोल्छाले मौद्रिक नीतिले जिडिपी ग्रोथ रेट र मूल्य वृद्धिको लक्ष्य लिएपनि त्यो निजी क्षेत्रलाई वास्तविक नलागेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच