सिजी डिजिटल र एलजी सोरुम देशव्यापी विस्तार हुने

Read Time = 2 mins

काठमाडौं । चौधरी ग्रुपले देशभर सिजी डिजिटल र एलजीका सोरुम विस्तार गर्ने भएको छ । सिजी डिजिटल तथा एलजी सोरुमबाट सिजी इलेक्ट्रोनिक्सअन्तर्गतका विभिन्न प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड एलजी सिजी, गोजरेज, टिसिएल, सेन्साई, केन्ट, पिजन, एलिका, ब्ल्याक प्लस डेकर, बेको, माइडिया र क्रमटनलगायत एक हजारभन्दा बढी घरायसी उपकरण बिक्री हुँदै आएका छन् ।

कम्पनीको स्वामित्वमा रहेको सबैभन्दा ठूलो प्रिमियम इलेक्ट्रोनिक्स सिजी डिजिटल तथा एलजी सोरुममा हरेक सामान खरिद गर्दा विशेष छुट प्रदान गर्दै आएको कम्पनीले ग्राहकको सुविधालाई मध्यनजर गर्दै देशभरि फ्रि डेलिभरी सेवा प्रदान गरेको छ ।

ADVERTISEMENT

कम्पनीले सामान बिक्रीपछि आफ्टर सेल्स सर्भिस, फ्रि माइक्रोवेभ कुकिङ क्ल्यास माइक्रोवेभ ओभन किनेपछि प्रयोग गर्न पनि सिकाउने गरेको छ । अन्य सुविधामा एक्सचेन्ज अफर, लोयल्टी प्रोग्राम पनि रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?