वासिङ मेसिनमा मृत फेला परे बालक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

न्युयोर्क । संयुक्त राज्य अमेरिकामा एक सात वर्षीय बालक वासिङ मेसिनभित्र मृत फेला परेका छन् । बिहीबार बेपत्ता भएको जानकारी दिएको केही घण्टापछि उनी मृत फेलापरेका हुन् । फक्स न्यूजका अनुसार, टेक्सासका ट्रोय खोएलरको रूपमा चिनिने केटालाई पहिलो पटक स्थानीय समयअनुसार बिहीबार बिहान हराएका थिए ।

उक्त समयमा उनका बुबा घरमा थिए भने आमा अस्पतालको रात्रि सिफ्टबाट फर्किएकी थिइन् । पुलिस आइपुग्दा सम्म उनी आफ्नो अस्पतालकै पोसाकमा थिइन् ।

ADVERTISEMENT

प्रहरीका अनुसार ट्रोयलाई २०१९ मा एडोप्ट गरिएको थियो । प्रहरीले यसबारे अझै घटनाको अनुसन्धान गरिरहेको छ । उक्त घटनाका दोषीलाई अहिलेसम्म पक्राउ गरिएको छैन् ।

ग्यारेजमा राखिएको मेसिनमा सात वर्षीय बालक मृत फेला परेका थिए । अधिकारीहरूले बालकको मृत्युको कारण पत्ता लगाएका छैनन् । घटनाबारे प्रहरीले आपराधिक अनुसन्धान सुरु गरेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?