काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.२ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । केन्द्रीय तथ्यांक विभागले भने गत आवमा ५.८४ प्रतिशतले आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरेको थियो । आव २०७७/०७८ मा आर्थिक वृद्धि ४.२५ प्रतिशत रहेको थियो । कोषले आगामी आर्थिक वर्षमा भने नेपालको आर्थिक वृद्धि बढेर पाँच प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।
कोषका अनुसार गत आवमा एसिया क्षेत्रको आर्थिक वृद्धिदर पनि ४.२ प्रतिशत नै हुने अनुमान छ । त्यसैगरी आगामी आवमा एसियाको आर्थिक वृद्धि ४.५ प्रतिशतमा सीमित हुने कोषले जनाएको छ । केन्द्रीय बैंकहरूले कसिलो वित्तीय अवस्थाका कारण व्याजदर बढाउने क्रमका साथै रुस र युक्रेनबीचको युद्धका कारण खाद्यवस्तुको मूल्यका आएको वृद्धिले आर्थिक वृद्धिमा कमी आउने कोषको भनाइ छ ।
गत आर्थिक वर्षमा सरकारले सात प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको थियो भने चालु आवमा आठ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच