जेठाजुको सुपारीमा भाइबुहारीको हत्या

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

-शुभाकर विश्वकर्मा

नेपालगञ्ज । बाँकेको कोहलपुर–१४ पार्वतीपुरका २५ वर्षीय कृष्ण गडरिया र उहाँकी श्रीमती २३ वर्षीया अञ्जली गडरिया दम्पतीको हत्यामा उहाँहरूकै दाइभाउजूको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । बुहारी अञ्जलीसँग व्यक्तिगत रिसिइबीका कारण उहाँकै जेठाजु विजयकुमार गडरियाले उहाँको हत्या गर्नका लागि १८ दिनअघि नै सुपारी रकम दिई मार्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

श्रीमान्श्रीमती समेत रहनुभएका कृष्ण र अञ्जली मंगलबार बिहान घरकै ग्यालरी तथा पालीमा मृत अवस्थामा फेला पर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार घरायसी विवादको विषयलाई लिएर बुहारीले जेठाजुलाई ससुराबाट कुटपिट गर्न लगाएको विषयलाई लिएर आरोपित गडरियाले इबी लिएका कारण दुखद घटना घट्न गएको हालसम्मको अनुसन्धानमा देखिएको छ ।

ADVERTISEMENT

इलाका प्रहरी कार्यालय कोहलपुरमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै एसपी अधिकारीले कृष्ण र अञ्जलीको हत्या गर्न यसअघि नै सुपारी दिएको अनुसन्धानका क्रममा खुलेको बताउनुभयो । अधिकारीले हत्या गर्न दुई व्यक्तिहरूलाई ५०/५० हजार सुपारी रकम दिइसकेको खुलेको बताउनुभयो ।

केही महिनाअगाडि मृतक कृष्णकुमार गडरिया र निजका बुबा घिरन गडरियालाई मृतक अञ्जली गडरियाले उस्काएर जेठो छोरा विजयकुमार गडरियाले इबी लिएर केही व्यक्तिलाई निज अञ्जलीलाई मार्न भनी सुपारी रकम दिएको अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो । सोही अनुसार साउन ९ गते बोलाई अञ्जलीलाई मार्नेक्रममा निजका श्रीमान् कृष्णकुमार गडरियाको समेत हत्या गरेको खुल्न आएको पत्रकार सम्मेलनका क्रममा अधिकारीले बताउनुभयो । ती दम्पतीको हत्या गरेको आरोपमा मृतक भाइबुहारीका दाइभाउजू पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?