संसदीय समितिले सक्यो शर्मामाथिको छानबिन, भोलिदेखि प्रतिवेदन लेख्ने

Read Time = 2 mins

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको भन्ने आरोपबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले भोलिदेखि प्रतिवेदन लेख्ने भएको छ ।

समितिका सचिव सुरेन्द्र अर्यालले मंगलबार साँझ भोलिदेखि प्रतिवेदन लेखनको काम सुरू हुने जानकारी दिनुभयो ।

नेपाल प्रहरीको विधि बिज्ञान प्रयोगशालाले रिकभर गरि पठाएको सीसीटीभी फुटेज हेरेर त्यसबारे फरेन्सिक विज्ञसँग पनि छलफल गरेको समितिले अब म्याद थपका लागि आग्रह नगर्ने र सहमतिमै प्रतिवेदन लेख्ने निर्णय समेत गरेको छ ।

नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञहरूसमेत बोलाएर संसदीय समितिले आज साँझ छलफल गरेको थियो ।

ADVERTISEMENT

सीसीटीभीबाट डिलिट भएको १४ जेठ रातिको फुटेज रिकभर भए पनि यसका दृश्यहरू प्रस्ट नदेखिएपछि समितिले विज्ञहरू बोलाएको हो । प्रस्ट नभएका कुराहरूमा विज्ञहरूले आफ्नो राय दिएको समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले बताउनु भयो ।

‘भोलि ११ बजे समिति बैठक बस्छ। प्रतिवेदन लेखनका क्रममा केही छलफल हुन सक्छ। अनुसन्धान र सोधपुछ अब सकियो,’ सचिव अर्यालले भन्नुभयो ।

यसअघि समितिले अर्थ मन्त्रालयका कर्मचारी, अर्थ सचिव र पूर्वमन्त्री शर्मालगायत व्यक्तिसँग सोधपुछ गरेको थियो।

जेठ १४ गतेको सिसिटिभी फुटेज माग्दा अर्थ मन्त्रालयले १३ दिनको मात्रै स्टोरेज क्षमता भएकाले त्यो दिनको भिडिओ नभएको जवाफ दिएको थियो।
समितिलाई सुरुमा १० दिनको म्याद दिइएकोमा पछि सात दिन थपिएको थियो । थपिएको म्याद सकिने अब दुई दिन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?