एक वर्षमा १९ खर्बभन्दा बढीको आयात

Read Time = 3 mins

काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा १९ खर्ब २० अर्बभन्दा बढीको वस्तु आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख रुपैयाँको आयात भएको थियो । सबैभन्दा बढी आयात भारतबाट भएको छ । गत आवमा भारतबाट मात्रै १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको वस्तु आयात भएको हो ।

त्यसो त विगत वर्षहरूको तुलनामा निर्यात पनि बढेको छ । गत आवमा दुई खर्बको स्वदेशी वस्तु निर्यात भएको हो, जुन अघिल्लो आवको तुलनामा ४१.७४ प्रतिशत बढी हो । भन्सार विभागले सार्वजनिक गरेको गत आवको तथ्यांकअनुसार अघिल्लो आव २०७७/०७८ मा व्यापारघाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा तीन खर्ब २० अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । सबैभन्दा बढी डिजल एक खर्ब ६८ अर्बको आयात भएको छ भने ७१ अर्बभन्दा बढीको पेट्रोल, ६५ अर्बभन्दा बढीको खाना पकाउने एलपी ग्याँस र १५ अर्बको हवाई इन्धन आयात भएको छ । भटमास, पाम र सूर्यमुखीको कच्चा तेलमा एक खर्ब १३, मोबाइल र ल्यापटपमा ५२ अर्ब, ४८ अर्बको सुनचाँदी र ७३ अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ ।

ADVERTISEMENT

त्यस्तै नेपालबाट दुई खर्बको वस्तु निर्यातमा भटमासको तेलमात्रै ४८ अर्ब १२ करोड चार लाख रुपैयाँको निर्यात भएको छ । ४१ अर्ब ६ करोड ४७ लाख रुपैयाँको पाम तेल तथा पामलोन तेल, नौ अर्ब ५६ करोड ७७ लाखको कार्पेट, पाँच अर्ब ६६ करोड ४७ लाख रुपैयाँको फ्याब्रिक, चार अर्ब ८१ करोड ३४ लाखको अलैंची, चार अर्ब ६८ करोड ८० लाखको फेल्ट, चार अर्ब ५१ करोड ४५ लाखको सनफ्लावर तेल, चार अर्ब ४८ करोड ६३ लाखको जुस र आठ अर्ब ६१ करोड ७३ लाख रुपैयाँको धागो निर्यात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?