म्यान्मारमा पूर्वसांसदसहित चारजनालाई मृत्युदण्ड

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

यांगुन । म्यान्मारको सैनिक शासनले एक पूर्वसांसदसहित चारजनालाई मृत्युदण्ड दिएको छ । क्रुर तथा अमानवीय आतंकवादी गतिविधिको नेतृत्व गरेको आरोपमा ती चारजनालाई मृत्युदण्ड दिइएको ग्लोबल न्यू लाइट अफ म्यान्मार पत्रिकाले लेखेको छ ।

कारागारको कार्यविधिअनुसार मृत्युदण्ड दिइएको पत्रिकाले उल्लेख गरेको छ । कहिले र कसरी उनीहरूलाई मारिएको पत्रिकाले खुलाएन । सैनिक शासनले कूको विरोध गर्ने दर्जनौं कार्यकर्तालाई मृत्युदण्डको सजाय सुनाएको छ । डेढ वर्षअघि सत्ता हातमा लिएपछि भएको विरोधलाई दबाउन सेनाले कठोर नीति अपनाइरहेको छ ।

ADVERTISEMENT

लोकप्रिय नेत्री आङ सान सुकीको दल नेसनल लिग फर डेमोक्रेसीका पूर्वसांसद फ्यो जेया थलाई पनि मृत्युदण्ड दिइएको हो । उनलाई गत नोभेम्बर महिनामा पक्राउ गरी जनवरी महिनामा प्रतिआतंकवाद कानुनअन्तर्गत मृत्युदण्डको सजाय दिइएको थियो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?