सुडान हिंसामा कम्तीमा ३३ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

खार्तुम । सुडानमा दुई जनजातिबीच जारी झडपमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । सुडानको ब्लु नाइल राज्यमा भएको हिंसाबाट भाग्न दर्जनौँ परिवार सुरक्षित क्षेत्रतर्फ भागेका छन् ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्तिअनुसार झडपमा कम्तीमा १०८ जना घाइते भएका छन् । बर्टी र हवसा जनजातिबीच जग्गा विवादलाई लिएर सोमबार हिंसा भड्किएको थियो । हिंसापछि १६ पसलमा आगजनी गरिएको छ ।

‘हामीलाई स्थिति नियन्त्रण गर्न थप सेना चाहिन्छ’, अल-रोसेरेस शहरका स्थानीय अधिकारी एडेल अगरले भने । उनका अनुसार झडपपछि धेरै मानिसहरू प्रहरी चौकीमा शरण लिन खोजिरहेका थिए ।

ADVERTISEMENT

मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । हिंसालाई न्युन गर्न मध्यस्थकर्ता आवश्यक भएको उनले बताए । अशान्ति नियन्त्रण गर्न सेना तैनाथ गरिएको छ भने शनिबारदेखि राति कर्फ्यु लगाइएको छ ।

ब्लु नाइलका गभर्नर अहमद अल-ओम्दाले एक महिनाको लागि कुनै पनि जमघटमा निषेध गरिएको बताए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?