विवाह बन्धनमा पञ्जावका मुख्यमन्त्री

Read Time = 1 min

चण्डीगढ । पञ्जावका मुख्यमन्त्री भागवन्त मान विवाह बन्धनमा बाँधिनुभएको छ ।

४८ वर्षका मुख्यमन्त्री मानले आफूभन्दा १६ वर्ष कम उमेरकी डा.गुरप्रीत कौरसँग विवाह गर्नुभएको हो । बिहीबार मुख्यमन्त्री निवासमा विवाह समारोह आयोजना गरिएको थियो । विवाहमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि सहभागी हुनुभएको थियो ।

ADVERTISEMENT

मानको यो दोस्रो विवाह हो । उहाँ पहिलो श्रीमतीसँग सन् २०१५ मा अलग हुनुभएको थियो । पहिलो श्रीमतीबाट उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँहरू हाल अमेरिकामा बस्दै आउनुभएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?