दोलखावासीलाई डिम्याट खाता खोल्न आग्रह

Read Time = 1 min

काठमाडौं । अपर तामाकोसी हाइड्रोपावरले दोलखावासीका लागि बाँडफाँड गरेको सेयर, भौतिक प्रमाणपत्र वितरण नगरी सेयरधनीको सुविधाका लागि सोझै सेयरधनीको हितग्राही खातामा जम्मा हुने गरी अभौतिकीकरण गर्ने व्यवस्था गरेको छ । कम्पनीले हालसम्म पनि उल्लेख्य संख्यामा सेयरधनीले डिम्याट खाता उपलब्ध गराई सेयर अभौतिकीकरण गर्न बाँकी रहेको भन्दै यथाशीघ्र सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ ।

ADVERTISEMENT

सेयर डिम्याट खातामा अभौतिकीकरणपछि मात्र सेयर खरिदबिक्री सुविधा प्राप्तिका साथै भविष्यमा वितरण गर्ने बोनस सेयर तथा अन्य सुविधा हितग्राही खातामा जम्मा हुने कम्पनीले जनाएको छ । कम्पनीको सेयर रजिस्ट्रार सनराइज क्यापिटलबाट असार मसान्तसम्म निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गरिएको क्यापिटलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?