टिकाथलीमा ज्योतिको शाखा

Read Time = 1 min

काठमाडौं । ज्योति विकास बैंकले ललितपुरको टिकाथलीमा एक सय १८औँ शाखा विस्तार गरेको छ । महालक्ष्मी नगरपालिका–५ ललितपुरस्थित शाखाको उद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्तरूपमा गर्नुभएको छ ।

ADVERTISEMENT

ग्राहकको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकले टिकाथली शाखा कार्यालयमा एटिएम सेवा पनि सञ्चालनमा ल्याएको छ । शाखा उद्घाटनका अवसरमा बैंकले टिकाथली शाखाका ग्राहकका लागि शून्य मौज्दातमै क्युआर, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर रजिस्ट्रेसन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दती निक्षेपमा मासिक व्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुटलगायत विभिन्न सुविधा प्रदान गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?