काठमाडौं । नेपाल डेरी एसोसिएसनको अध्यक्षमा प्रल्हाद दाहाल चयन हुनुभएको छ । हेटौंडामा सम्पन्न एसोसिएसनको २२औँ वार्षिक साधारणसभा एवं ८औँ राष्ट्रिय महाधिवेशनबाट दाहाल अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । हिमालयन डेरी एन्ड एग्रोभेट रिसर्च सेन्टर काभ्रेका सञ्चालकसमेत रहनुभएका दाहाल एसोसिएसनमा सदस्य, महासचिव र उपाध्यक्ष हुँदै नेतृत्वमा पुग्नुभएको छ ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा राजन चिमरिया, प्रथम उपाध्यक्षमा दीपप्रसाद धमला, द्वितीय उपाध्यक्षमा कर्णबहादुर हमाल, तृतीय उपाध्यक्षमा रेशमबहादुर खड्का, चौथो उपाध्यक्षमा मनोजकुमार घिमिरे, महासचिवमा हेमचन्द्र खनाल, उपमहासचिवमा विजयप्रसाद चौरसिया, कोषाध्यक्षमा दयाराम भण्डारी, सचिवमा शिवहरि आचार्य, सहकोषाध्यक्षमा रामभक्त दाहाल र सहसचिवमा शिव भुसाल निर्वाचित हुनुभएको छ ।
त्यसैगरी सदस्यमा प्रेमप्रकाश पाठक, निराजन कोइराला, दिवाकर क्षेत्री, अशेषकुमार बुढाथोकी, नवीनप्रसाद चौरसिया, अर्जुन अधिकारी, सुमन चिमरिया, रमेश सञ्जेल, भुवनेश्वर न्यौपाने, पवन बास्तोला, रविशरण थापा, नवराज तिमल्सिना, शिव घिमिरे र प्रकाश सामन्त रहनुभएको एसोसिएसनले जनाएको छ । निर्वाचन संयोजक शिवबहादुर कोइरालाको संयोजकत्वको निर्वाचन समिति सदस्यमा एसोसिएसनका सल्लाहकार मेघराज भण्डारी, हिरा केसी रहनुभएको थियो ।
सो अवसरमा एसोसिएसनका निवर्तमान अध्यक्ष सापकोटा, पूर्वअध्यक्ष सुमित केडिया, सल्लाहकार भण्डारी, सुरेश श्रेष्ठ र केसी, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवको उपस्थिति रहेको थियो । नवनिर्वाचित अध्यक्ष दाहालले अग्रजहरूको साथ लिँंदै समग्र डेरी क्षेत्रको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच