नवनियुक्त राजदूत श्रेष्ठलाई हस्तकला व्यवसायीको आग्रह

Read Time = 3 mins

काठमाडौं । नेपाल हस्तकला महासंघले जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठलाई स्वागत गरेको छ । बिहीबार महासंघको कार्यालयमा स्वागत गर्दै महासंघले चीनमा रहेको नेपालको राजदूतावासमा नेपालका ४२ विधाका नेपाली हस्तकला झल्किने वस्तुको प्रदर्शनी कक्ष राख्न आग्रह गरेको छ । महासंघ अध्यक्ष प्रचण्ड शाक्यले यस्तो आग्रह गर्नुभएको होे ।

उहाँले चीनबाट नेपाल सामान भित्रिने मुख्य नाका नियमितरूपमा नखुल्दा हस्तकलाको निर्यात प्रभावित हुन गएको भन्दै चीन सरकारसमक्ष आवश्यक पहल गरिदिन पनि राजदूत श्रेष्ठको ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष श्रेष्ठले हाल अपार जनसंख्या र स्रोतसाधनसम्पन्न विश्व शक्ति राष्ट्र चीन नेपाली हस्तकलाको ठूलो बजार हुँदाहुँदै पनि मुख्यतया चीन सरकारको उच्च भन्सारदर, चीनको कुनै पनि बैंकको शाखा नेपालमा नभएको, चीनका विभिन्न शहरमा हुने अन्तर्राष्ट्रिय व्यापार मेला तथा प्रदर्शनीमा भाग लिई आर्जन गरेको विदेशी मुद्रासमेत बंैकिङ च्यानलमार्फत् लिएर आउन समस्या भएको बताउनुभयो ।

ADVERTISEMENT

महासंघका निवर्तमान अध्यक्ष सुरेन्द्रभाइ शाक्य, उपाध्यक्ष दिल्लीरत्न तुलाधरले उपयुक्त अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रिया नभएकाले समस्या भएको बताउनुभयो । साथै महासंघले क्यालेन्डर इभेन्टका रूपमा गर्दै आएको हस्तकला व्यापार मेला यस वर्ष पनि नोभेम्बरमा गर्न लागिएको र सो मेलामा दूतावासमार्फत् चीनबाट क्रेता तथा व्यापारीको सहभागिता जुटाइदिन पनि महासंघले आग्रह गरेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्यले चीनमा विभिन्न हस्तकलाका वस्तु निर्यात गर्दा चीनस्थित भन्सार बिन्दुमा सहजीकरणमा जोड दिनुभयो । नवनियुक्त राजदूत श्रेष्ठले नेपाल सरकार, चिनियाँ सरकार, उद्यमी व्यवसायीलगायत सबै सरोकारवालाको साथ, सहयोग र सहकार्यबाट चीनमा व्यापार सहजीकरणका लागि सक्रियरूपमा लाग्ने आश्वासन दिनुभएको महासंघका अध्यक्ष शाक्यले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?