काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघलगायत विभिन्न तीन संस्थाले बिमा निर्देशिका २०७८ खारेज गर्न बिमा समितिलाई एकहप्ते अल्टिमेटम दिएका छन् । असार १५ गतेसम्म बिमा निर्देशिका, २०७८ खारेज गरेर नयाँ निर्देशिका जारी नभए विगतभन्दा सशक्त आन्दोलन गर्ने गर्ने उल्लेखित संस्थाहरूले चेतावनीसमेत दिएका छन् । आन्दोलनका थप कार्यक्रम सशक्तरूपमा अघि बढाउन तीनवटै संस्थाबाट पाँच-पाँचजना प्रतिनिधि रहने गरी महासंघ अध्यक्ष रवि सिंहको संयोजकत्वमा आन्दोलन संघर्ष समितिसमेत गठन गरिएको बताइएको छ ।
महासंघसहित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) नेपाल, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै बिमा निर्देशिका २०७८ खारेजीको माग गरेका हुन् । बिमाको दररेटमा देखिएको समस्याका कारण देशभरका १७ हजारभन्दा बढी निर्माण व्यवसायी चर्को आर्थिक मारमा परेको निर्माण व्यवसायी महासंघले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लोपटक बिमा समितिबाट असार २ गते प्राप्त पत्रप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको तथा सरोकारवाला निकाय र समितिबीच भएको समझदारीविपरीत आएको पत्रको हामी भत्सर्ना गर्दछौँ ।’
महासंघ, बिमा समिति, इपान, नेपाल उद्योग वाणिज्य महासंघ, बिमा सर्भियर संघलगायतका संस्थाबीच जेठ ३१ मा भएको बैठकमा ‘डी ट्यारिफ’ मै जानुपर्ने सुझाव आएकाले सोही विषय बिमा समिति अध्यक्षलाई जानकारी गराउने र अनुमोदनका लागि सिफारिस गरियो भनी भएको निर्णयविपरीत बिमा समितिबाट उक्त निर्णयविरुद्ध राय सुझावका लागि पत्र आउनु घोर आपत्तिजनक रहेको विज्ञप्तिमा जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच