म:मको डल्ला अड्किएर मृत्यु भएपछि एम्स अस्पतालले जारी गर्‍यो यस्तो एडभाइजरी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

नयाँ दिल्ली । अखिल भारतीय आर्युविज्ञान संस्थान (एम्स) ले भारतीयको प्रिय खाजा मःमबारे एक सल्लाह जारी गरेको छ । मःमको डल्लो अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएपछि एम्सले स्वास्थ्य चेतावनी जारी गरेको हो ।

एम्सका फोरेन्सिक विज्ञहरूले पुरुषको मृत्युको कारण पत्ता लगाएपछि चिकित्सा निकायले सबैलाई ‘होशियारीसाथ निल्न’ सुझाव दिएको छ । उनलाई दिल्लीको एम्समा मृत अवस्थामा पर्‍याइएको थियो ।

मदिराले मातेका ती व्यक्ति सडक छेउको एउटा पसलमा मःम खाइरहेका थिए । खाँदा खाँदै उनी अचानक भुइँमा ढलेका थिए ।

ADVERTISEMENT

पोष्टमार्टम रिपोर्टमा उनको श्वास नलीमा एउटा मःमको डल्लो अड्किएको फेला परेको थियो । डाक्टरहरूले पनि मःमको डल्लो अड्किएर उनको मृत्यु भएको निस्कर्ष निकालेका थिए ।

मःम अड्किदा न्युरोजेनिक कार्डियाक अरेस्ट भएको चिकित्सकले निष्कर्ष निकालेका छन् ।

उनको मृत्युको कारक मःम पुष्टि भएपछि एम्सले भारतमा सडक पसलदेखि उच्चस्तरीय रेष्टुरेन्टहरूमा पाइने यस लोकप्रिय परिकारबारे सुझाव जारी गरेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?