‘विप्लव’ नेतृत्वको पार्टीले भोलि नेपालस्थित् एमसीसीको मुख्यालय घेर्ने

Read Time = 3 mins

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी) केन्द्रीय समितिले आगामी असारभित्र क्रान्तिकारी ध्रुवीकरण कार्यक्रमलाई तिव्रता दिने घोषणा गरेको छ ।

सोही कार्यक्रमअन्तर्गत आजमात्रै माओवादी तथा मजदुर आन्दोलनमै रहेका विभिन्न ५७ जना व्यक्तिहरु सो समितिमा प्रवेश गरेका छन् ।
आज रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत नारायण तोलाङ्गेको नेतृत्वमा ५७ जना माओवादी तथा मजदुर आन्दोलनका अगुवाहरु समितिमा प्रवेश गरेका हुन् । यसरी प्रवेश गर्नेहरुमा हिराकुमारी शाही ‘विकल’, मनोज दवाडी, हरि भुजेल, गोविन्द थापा, उद्धव परियार शक्ति, निरकुमार भुजेल, लक्ष्मी अधिकारी, विन्दा थापा, सुरेन्द्र भट्टराई, सुदर्शन, शम्भु प्रसाद निरौला, समुन्द्र खड्का, कुमार, भरतलगायत हुनुहुन्छ ।

समितिले आगामी एक साताभित्र चार÷पाँच सयको हाराहारीमा मजदुर आन्दोलनका विभिन्न पार्टीमा सक्रिय अगुवाहरुलाई आफ्नो संगठनमा प्रवेश गराउने जनाएको छ । समितिले ‘श्रमिक तथा उत्पीडित जनता एकजुट हौं, माक्र्सवाद–लेनिनवाद–माओवाद जिन्दाबाद, एकीकृत जनक्रान्ति जिन्दावाद’ भन्ने मुल नारा बोकेको छ । सोही नाराअनुसार ध्रुवीकरण कार्यक्रमलाई निरन्तरता दिएको छ ।

ADVERTISEMENT

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य चिरन पुनले विश्व आज ध्रुवीकरणतर्फ अघि बढेको सुनाउनु भयो । उहाँले विश्व गृहयुद्ध र आन्दोलनमा होम्मिने अवस्थामा रहेको पनि चित्रण गर्नुभयो ।

उहाँले नेपालमा एमसीसी सम्झौता भएकोप्रति लक्षित गर्दै कतै देशले अब युक्रेनको हालत भोग्नुपर्ने त होईन ? भन्ने खतरा पनि औंल्याउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो देशमा एमसिसी भित्रिसकेपछि अमेरिकी सेनाका जर्नल नेपाल भ्रमणमा छन्, कतै देश अमेरिकाबाट युक्रेन त हुने होईन ? आज यो खतरा पैदा भएको छ ।’

पुनले अमेरिकी साम्राज्यवादको विरुद्धमा आफूहरुले संघर्षको कार्यक्रम सुरु गरेको उल्लेख गर्दै सोहीअन्तगर्तत आइतबार दिउँसो १ बजे दरबारमार्गमा रहेको एमसीसीको नेपाल कार्यालय घेराउ गर्ने पनि जनाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?